अभियान लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड साउन ३० गते सोमबार हुने भएको छ ।

उक्त आईपीओ बाँडफाँड बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा बाँडफाँड गरिने तय भएको क्यापिटलका मनिष शाहीले नोटबजारलाई जानकारी दिए ।

कम्पनीको तर्फबाट समय सुनिश्चित भई नसकेका कारण समय निर्धारण गर्न बाँकी रहेको उनको भनाई छ ।

लघुवित्तले साउन १८ गतेदेखि साउन २३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत (१२ हजार ५०० कित्ता) कर्मचारीहरुका लागि र ५ प्रतिशत (४८ हजार ७५० कित्ता) सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन मागिएको थियो ।

अन्तिम दिनसम्ममा लघुवित्तको आईपीओमा २० लाख ७९ हजार ७८८ वटा आवेदन परेको थियो । यो आवेदन २९ गुणा बढी हो । उक्त संख्याबाट २ अर्ब ३५ करोड ६८ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ३५ लाख ६८ हजार ३६० कित्ता सेयर माग परेको छ ।

मागभन्दा धेरै आवेदन परेका कारण लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्धारा १० कित्ताका दरले बाँडफाँड हुनेछ ।

निर्देशिका अनुसार १० कित्ताका दरले बाँडफाँड गर्दा ९१ हजार ३७५ जना (४.३९ प्रतिशत) ले मात्रै १० कित्ताका दरले पाउनेछन् । अन्तिम दिनसम्म परेको तथ्याङ्कका आधारमा १९ लाख ८८ हजार ४१३ जना (९५.६१ प्रतिशत) को हात खाली हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ साउन २०७९, बिहीबार  १३ : ५१ बजे