घलेम्दी हाइड्रोपावर ३ करोड ६० लाख रुपैयाँ नोक्सानीमा

0
Shares

घलेम्दी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्ममा ३ करोड ६० लाख २० हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । अघिल्लो आवको यसै अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्री आय घट्नुका साथै अन्य आम्दानीमा खडेरी लागेसँगै कम्पनीको नोक्सानी चुलिएको हो ।

चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्रीबाट हुने आम्दानी २ करोड ६४ लाख ८ हजार रुपैयाँबाट घटेर २ करोड ६२ लाख ४५ हजार रुपैयाँमा झरेको छ । यस्तै अघिल्लो आवमा अन्य आम्दानी शीर्षकमा ६ करोड ५४ लाख ११ हजार आम्दानी गरेकोमा हाल ६ लाख ५१ हजार मात्र रहेको छ ।

कम्पनीले विद्युत बिक्री आय असारमा गएको पहिरोबाट आयोजना बन्द हुन पुगेकोले घटेको जनाएको छ ।

चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ४० लाख ३ हजार ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ र प्रतिसेयर सम्पत्तिको मूल्य २७७.४६ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ साउन २०७९, शुक्रबार  १७ : ३५ बजे