धितोपत्रको दोस्रो बजारमा बुधबारदेखि कारोबार खुलेको अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ मा ४ करोड ३७ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड २८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १.९९ प्रतिशतले बढेको हो । कम्पनीका प्रशासनिक खर्च बढ्दा नाफा वृद्धिमा असर पुगेको हो
कम्पनीले गत आवमा विद्युत् बिक्री गरेर ३८ करोड ७ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २९ करोड ४६ लाख ६१ हजार रुपैयाँ कमाएको थियो ।
चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४० पैसा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९९ रुपैयाँ ७७ पैसा छ ।
कम्पनीको जगेडा कोषमा १२ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा जगेडा कोषमा ८ करोड ३६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया