सुनको भाउ आइतबार स्थीर रहेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो सातामा सुन तोलामा १ हजार ८०० रुपैयाँ र चाँदी ४० रुपैयाँले घटेर कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १० डलर सस्तिएपनि नेपालमा भने भाउ स्थीर बनेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ ९५ हजार ५०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ १ हजार १७५ रुपैयाँ निर्धारण गरिएको छ ।
शुक्रबार छापावाल सुन ९५ हजार ५०० रुपैयाँ, तेजावी सुन ९५ हजार रुपैयाँ र चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेर कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पछिल्लो समय निरन्तर गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७४७ डलर तथा चाँदी प्रतिऔंस १९.०६ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया