सुनचाँदीको भाउ मंगलबार पनि सस्तियो, भदौ लागेपछि १७ सयले घट्यो

0
Shares

सुन चाँदीको भाउ नेपाली बजारमा भदौ ७ गते मंगलबार पनि घटेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पछिल्लो समय निरन्तर गिरावट आउन थालेपछि सोही अनुसारको प्रभाव नेपालको स्थानीय बजारमा पनि परेको हो । साउन ३१ गते प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ नेपाली बजारमा पछिल्लो सात दिनमा मात्रै सुन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो ।

नजिकिँदो तिजको समयमा सुनको भाउ घट्दा सुन जोड्न खोज्ने महिलाका लागि सस्तो बजार भाउमा नै खरिदको अवसर मिलेको छ । एक सातापछि आउन लागेको तिजकै कारोबार बजारमा सुनको माग पनि बढ्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सोमबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ ९५ हजार, तेजावी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । यस्तै चाँदीको भाउ १ हजार १६० रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको भाउ ९५ हजार ३०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँर चाँदीको भाउ १ हजार १६५ रुपैयाँ निर्धारण गरिएको थियो ।आइतबारको तुलनामा सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटर कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७३८ डलर तथा चाँदी प्रतिऔंस १८.९३ डलर हाराहारीमा कारोबार भैरहेका छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।