सयपत्री हाइड्रोपावरको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल

0
Shares

सयपत्री हाइड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ ।  कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिएको हो । एनआईबीएललाई भदौ १ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको हो ।

यससँगै अब हाइड्रोपावर कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज सम्बन्धी सम्पूण कार्यहरू एनआईबीएल एस क्यापिटल लाजिम्पाट मार्फत हुनेछ । 

हाइड्रोपावरले साउन १३ देखि १७ गतेसम्म ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरी साउन २४ गते सेयर बाँडफाँड गरेको थियो । कम्पनीको आईपीओ ६ जनाले ११ कित्ताका दरले र ६७ हजार ५२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १४ लाख १३ हजार ५७२ आवेदन परेको थियो । जसमध्ये ८७३ आवेदन अयोग्य र २३१ आवेदन अस्वीकृत भएका छन्। बाँकी १४ लाख १२ हजार ४६८ आवेदन भने स्वीकृत भएका थिए । नौं करोडको आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुगेको छ । जसमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत र संस्थापकहरुको हिस्सा ३० प्रतिशत रहेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६४ साउन १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७३ चैत ८ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ७, चावहिल, काठमाडौंमा रहेको छ । कम्पनीको जलविद्युत उत्पदान केन्द्र भने रहेको छ । बाग्लुङ्ग जिल्लाको ताराखोला गाउँपालिका वडा नम्बर २ र ३ मा कम्पनीले २.५ मेगावाट क्षमताको दरम खोला ए जलविद्युत आयोजनाको निर्माण कार्य सम्न्न गरि आयोजनाबाट २०७३ असार १२ गते देखि व्यवसायिक विद्युत उत्पदान शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्दै आइरहेको छ ।

आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ । साथै साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ३ महिना र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १२ वर्ष ४ महिना रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।