दोल्ती पावरको १६ करोडको आईपीओ आउँदै, सेबोनसँग माग्यो अनुमति

0
Shares

दोल्ती पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० मूल्यको १६ लाख ९ हजार ४५८ कित्ता प्रारम्भिकि सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ।

दैलेख जिल्लाको पदम खोला आयोजनाबाट ४.८ मेगावाट विद्युत उत्पादन गर्दै आएको यस आयोजनाले २०७९ साउन १३ गते धितोपत्र बोर्डमा आईपीओ बिक्री गर्न निवेदन दिएको हो । कम्पनीले भदौ १२ गते विद्युत नियमन आयोगबाट समेत सेयर बिक्रीका लागि अनुमति पाएको छ ।

अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रीको अनुमति पाएपछि स्थानीय बासिन्दा र सर्वासाधारणमा सेयर बिक्रीमा ल्याउनेछ । पहिलो चरणमा दैलेखका स्थानीय बासिन्दाका लागि सेयर खुला हुनेछ भे सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर बिक्री खुला हुनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

दैलेखको नौमुले गाउँपालिकाको ८० करोडको लागतमा पदमखोलामा दोल्ती पावर जलविद्युत् आयोजना रहेको छ । उक्त जलविद्युत आयोजनाले निर्माण कार्य सुरु भएको१३ महीनामै निर्माणको काम सम्पन्न गरेर उत्पादन मिति भन्दा अगावै विद्युत उत्पादन थालेपछि नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिक उत्सवमा कम्पनी कदर पत्रबाट सम्मानित समेत भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार  १८ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।