पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गते आजदेखि ३२ करोड मूल्य बराबरको आईपीओ निष्काशन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि ३२ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत सेयर जारी गरेको हो ।
लमजुङ्गका स्थानीय बासिन्दाले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा, हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आईपीओ भर्न सक्नेछन् ।
कुल जारी सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नम्बर ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता (३० प्रतिशत) र लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता (७० प्रतिशत) सेयर बाँडफाँड हुनेछ ।
स्थानीयले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा असोज १४ गते तथा ढिलोमा असोज ३० गतेसम्म खुला रहनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया