बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज भदौ ३१ गते शुक्रबार अन्तिम दिन रहेको छ ।
भदौ ६ गतेदेखि बिक्री खुला भएको १ः१ अनुपातको उक्त हकप्रदमा बुकक्लोज अनुसार साउन १ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुकक्लोज गरेको थियो ।
हाइड्रोपावरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको हकप्रद सेयरसेयर बिक्री खुला गरेको हो ।
हकप्रदमा मेरो सेयर सफ्टवेयर, मोबाइल एपका अलवा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शुक्रबार कार्यालय समयभित्र हकप्रद भर्न सकिन्छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
हाल २६ करोड ७९ लाख रुपैयाँ पुँजी भएको बरुण हाइड्रोपावरको हकप्रद बिक्रीपछि ५३ करोड ५८ लाख ११ हजार रुपैयाँ पुँजी पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया