सिक्लेसको आईपीओ तीन दिनमा पौन १० लाखले भरे, १ अर्ब बढीको सेयर माग

0
Shares

सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको ३ दिनमा पौने १० लाख जनाले एक अर्ब १० करोड रुपैयाँ बढीको माग गर्दै आवेदन दिएका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का अनुसार भदौ ३१ गते शुक्रबार साँझ ५ बजेसम्म ९ लाख ७२ हजार ७९३ जना लगानीकर्ताबाट १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ताको माग परेको हो ।

कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारण लगानीकर्ताबाट १० लाख ५८ हजार कित्ताका लागि आवेदन मागेको थियो । ३ दिनमा नै १०.४३ गुणा बढी आवेदन परेको हो । आईपीओमा असोज २ गते आइतबारसम्म आवेदन दिन सकिन्छ ।

लगानीकर्ताले मेरो सेयर मोबाइल एप, मेरो सेयर सफ्टवेयर, नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । गोलाप्रथाबाट १० कित्ता पाउने आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १ आश्विन २०७९, शनिबार  ०९ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।