सिक्लेस हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

0
Shares

सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज (आइतवार)  अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ २९ गतेदेखि साढे ११ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ११ करोड ५० लाख बराबरको आईपीओ निष्काशन गरेको हो । यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि कम्पनीले ६ करोड १२ लाख रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन बन्द असोज २ गते हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी ?

कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर २०७१ सालदेखि निमार्ण सुरु गरेर २०७४ मंसिरमा सम्पन्न भएको १३ मेगावाट क्षमताको आयोजना हो । कुल दुई अर्ब पाँच करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण गरिएको हो ।

विसं २०७४ मंसिरमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनो मड्क्यु खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर लामो सुरुङमा दुईवटा ट्रर्वाइनबाट तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ केभी प्रशारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सव–स्टेशनमा जोडिएको छ ।

‘रन अफ द रिभर’ प्रविधिमा बनेको सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियूनिट सात रुपैयाँ र वर्षायामको समयमा प्रतियूनिट चार रुपैयाँका दरले विद्युत् खरीद बिक्री गर्ने सम्झौता गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ आश्विन २०७९, आइतबार  ०८ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।