
सिक्लेस हाइड्रोपावर कम्पनीको आईपीओ अन्तिम दिनसम्ममा करिब साढे १५ जनाले एक अर्ब ७२ करोड रुपैयाँ बढीको आवेदन गरेका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का अनुसार असोज २ गते आइतबार साँझ ५ बजेसम्म १५ लाख ३८ हजार ३८३ जना लगानीकर्ताबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ताको माग परेको हो ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारण लगानीकर्ताबाट १० लाख ५८ हजार कित्ताका लागि आवेदन मागेको थियो । अन्तिम दिनसम्म मागको १६.३० गुणा आवेदन परेको हो ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहाल रहनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया