राजधानीमा सुरु भयो विद्युतीय सवारी साधनको मेला (फोटो फिचर)


विद्युतीय सवारी साधनको प्रवद्धृन गर्ने लक्ष्यका साथ राजधानीको भृकुटीमण्डपमा नाडा इभी एक्स्पो सुरु भएको छ ।

नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको एक कार्यक्रमका बीच अर्थमन्त्री जनार्दन शर्माले उद्घटान गरेका हुन् ।

नेपालमा नै पहिलो पटक आयोजना भएको इभी एक्स्पोले पेट्रोलियम पदार्थको अधिक आयातलाई न्युनीकरण गरी बढ्दो अवस्थामा रहेको व्यापार घाटा न्युनीकरणमा टेवा पुग्ने सम्बद्ध पक्षहरुले बताएका छन् ।

ब्याज वृद्धि ठीक छैन, यो हप्तामा उचित निर्णय लिन्छौं: अर्थमन्त्री शर्मा

बैंकहरुले समस्यालाई अवसर मानेर कमाउन थाले : शेखर गोल्छा

विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको भव्य प्रदर्शनी रहने एक्सपो चार दिनसम्म चल्नेछ ।

‘विद्युतीय सवारीको सभिर्सिङ सहज छ, समस्या चार्जिङ स्टेसनको हो’- नाडा अध्यक्ष थापासँग अन्तरवार्ता

वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन गर्दै आयोजना गरिएको एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु छन् ।

इभी एक्स्पोमा हुण्डाईले कोना र आयोनिक ५ मा डेढ लाखसम्म छुट दिने

एक्स्पोमा टेस्ला, हुण्डाई, टाटा, बिवाईडी, नेटा, महिन्द्रा लगायत ब्राण्डका चार प्राङ्ग्रे तथा २ पाङ्ग्रे सवारी साधनहरु अवलोकनकर्ताको चासो बन्न सक्छन् ।

निशानले ६५ लाख पर्ने इभी कार ‘लिफ’ शोरुमबाटै २० प्रतिशत डाउन पेमेण्टमा उपलब्ध गराउने

वर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन एक्स्पोले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न तथा अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताकालागि साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।

एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने यूएसएआइड क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सुचनामूलक गोष्ठी समेत सञ्चालन गर्दैछ ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ भने, सहप्रायोजकमा शिखर इन्स्योरेन्स तथा डिजिटल पेमेन्ट पार्टनरमा भुक्तानी सेवाप्रदायक खल्ती एप रहेको छ ।

एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सूचना प्रवाह गर्नका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना कक्ष समेत प्रदर्शनीमा राखिएको छ ।

एक्स्पोलाई व्यवस्थित बनाउन,प्रदर्शनी स्थलमा भिडभाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।