मल्टीपर्पस फाइनान्स लिमिटेडले चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्न स्वीकृति पाएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई चुक्ता पुँजीको ३५ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको हो ।
फाइनान्स कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ को अनुपातमा हकप्रद जारी गर्न राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग समक्ष अनुमति मागेको थियो ।
फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंहले संस्थाको वार्षिक साधारण सभा।विशेष साधारण सभाबाट हकप्रद सेयर जारी गर्नें प्रस्ताव स्वीकृत गराएर ३५ प्रतिशत हकप्रद निष्काशन गर्न राष्ट्र बैंकबाट असोज १४ गते स्वीकृत प्राप्त भएकोे बताए ।
अब फाइनान्सले साधारण सभाबाट पारित गरी पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि सो हकप्रद बिक्रीमा आउनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया