रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २७ गते बिहीबार बुकक्लोज तोकेको छ ।
यसअनुसार असोज २६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।
कम्पनीको असोज ७ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७८।७९ बाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न कम्पनीले कार्तिक ७ गते सोमबार बानेश्वर ब्याङ्कवेट थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजे साधारण सभा आह्वान गरेको छ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया