पिपुल्स पावर र सयपत्री हाइड्रोको सेयर कारोबार आइतबारदेखि खुल्दै, ९२ लाख कित्ता सेयर सूचीकृत

0
Shares

पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको गरी कुल ९२ लाख २६ हजार कित्ता सेयर असोज २७ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता तथा सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण सेयरधनीहरुलाई बिक्री गरिएको २४ लाख ६७ हजार ४०० कित्ता गरी ३१ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता सहित कुल ६३ लाख २६ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै सयपत्री हाइड्रपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरेको ३ लाख कित्ता, सर्वसाधारणलाई बिक्री गरिएको ६ लाख कित्ता र संस्थापकहरुको २१ लाख कित्ता गरी कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री गरेको थियो । सो मध्ये २२ लाख ९४ हजार ६८२ कित्ता सेयर भदौ १२ गते सर्वसाधारणमा बाँडफाँड भएको थियो । बाँडफाँडमा २ लाख २९ हजार ४६८ जनाले गोलाप्रथाबाट १० कित्ता र त्यसमध्ये २ जनाले थप १/१ कित्ता सेयर पाएका थिए । बाँकी ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो ।

सयपत्री हाइड्रोपावर लिमिटेडले साउन १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख २१ हजार ६० कित्ता सेयर बिक्री गरेको थियो । सो मध्ये ६ लाख ७० हजार ५८६ कित्ता सेयर साउन २४ गते सर्वसाधारणमा बाँडफाँड भएको थियो । बाँडफाँडमा ७६ हजार ५८ जनाले गोलाप्रथाबाट १० कित्ता र त्यसमध्ये ६ जनाले थप १/१ कित्ता सेयर पाएका थिए । बाँकी १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको थियो ।

पिपुल्स पावरको सेयर कारोबारका लागि नेप्सेले पीपीएल (PPL) कारोबार संकेत र सयपत्री हाइड्रपावरलाई नेप्सेले एसपीएचएल (SPHL) कारोबार संकेत प्रदान गरेको छ । दुबै कम्पनीको तोकिएको कारोबार संकेतमा आइतबारदेखि धितोपित्र कारोाबारमा आउनेछ ।

कसको ओपनिङ्ग रेञ्ज कति ?

असोज २७ गते बिहीबार सेयर सूचीकृत भएसँगै दुबै कम्पनीको असोज ३१ गते आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा सेयर कारोबार खुल्ने भएको छ ।

पिपुल्स पावरको सेयरलाई नेप्सेले पहिलो कारोबारका लागि न्युनतम ९४.९६ रुपैयाँ देखि अधिकतम २८४.८८ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । यस्तै सयपत्री हाइड्रपावरलाई नेप्सेले न्युनतम ६४.९६ रुपैयाँदेखि १९४.८८ रुपैयाँसम्म ओपनिङ्ग रेन्ज प्रदान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।