सवा ६ करोडको सेयरमा पहिला दिनै पौने १६ करोडको आवेदन

0
Shares

इष्टर्न हाइड्रोपावरले शुक्रबारदेखि निष्कासन गरेको सवा ६ करोडको आईपीओमा पहिलो दिनमै माग भन्दा साढे २ गुणा बढी अर्थात पौने १६ करोडको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार दिउँसो १ः३३ बजेसम्म १ लाख ३५ हजार ४२९ वटा आवेदनबाट १५ करोड ८० लाख ४१ हजार रुपैयाँ मूल्यको १५ लाख ८० हजार ४१० कित्ताको माग परेको हो ।

इष्टर्न हाइड्रोपावरले शुक्रबारदेखि ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेकोमा २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारी तथा ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । ६ लाख २३ हजार २८९ कित्ता खरिदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर भर्न सक्नेछन् ।

आईपीओ निष्कासन कार्तिक १ गते बन्द हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

 

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  १४ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।