सवा ६ करोडको इष्टर्न हाइड्रोपावरको आईपीओमा डेढ अर्ब बढी आवेदन

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडले गत शुक्रबारदेखि सर्वसाधारणलाई निष्काशन गरेको ६ करोड २३ लाख मूल्यको सार्वजनिक निष्कासन (आईपीओ) मा अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म डेढ अर्ब बढीको आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणबाट ६ करोड २३ लाख २८ हजार ९०० रुपैयाँ बराबरको ६ लाख २३ हजार २८९ कित्ताका लागि आवेदन मागेकोमा २५.२१ गुणा बढी अर्थात १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता माग परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कार्तिक २ गते ५ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदन परेको छ ।

निष्कासित कित्ता अनुसार कम्पनीको आईपीओ ६२ हजार ३३८ जनाले मात्र पाउनेछन् । प्रारम्भिक तथ्याङ्कका आधारमा नै कम्पनीको आवेदकमध्ये १३ लाख ३१ हजार ९८८ जनाको हात खाली हुनेछ । जुन कुल आवेदकको ९५.५३ प्रतिशत हो । यस आधारमा कम्पनीको आईपीओ एक सय जनामा ५ जनाले मात्र पाउनेछन् ।

कम्पनीले असोज २८ गते शुक्रबारदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्कासनमा गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरि६ लाख २३ हजार २८९ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

कम्पनीले निष्काशन गरेको सेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार गोलाप्रथा मध्यामबाट ६२ हजार ३२९ जनाले १० कित्ताका दरले ६ लाख २३ हजार २९० कित्ता र ९ जनाले ११ कित्ताका दरले ९९ कित्ता सेयर पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।