गुहेश्वरी मर्चेन्ट बैंकिङको ८५.५७ प्रतिशतले घट्यो

0
Shares

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको खुद नाफा ८५.५७ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससमा कम्पनीले २२ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सले १ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म फाइनान्सको वितरणयोग्य नाफा ६ करोड ६० लाख रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ९५ करोड ५ लाख रुपैयाँ रहेको फाइनान्सको प्रतिसेयर आम्दानी ६.३३ रुपैयाँ घटेर ९६ पैसा कायम भएको छ । खराब कर्जा अनुपात बढेर २.८१ प्रतिशत पुगेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४५ रुपैयाँ, कस्ट अफ फण्ड १०.३८ प्रतिशत, आधार दर १३.१७ प्रतिशतले घटेको छ ।

कम्पनीको जगेडा कोष २६ प्रतिशत घटेर २८ करोड ४० लाखमा घट्दा सञ्चालन नाफा पनि ८७.५५ प्रतिशतले घटेर २५ लाख ५१ हजार रुपैयाँमा झरेको छ ।कम्पनीको खुद ब्याज आम्दानी भने ३४.१६ प्रतिशतले बढेर ६ करोड ७४ लाख रुपैयाँ पुगेको भएपनि फाइनान्सको इम्पेयरिमेन्ट चार्ज बड्दा सञ्चालन नाफामा उच्च गिरावट आएको हो ।

असोज मसान्तसम्म फाइनान्सले ६ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप २ तथा कर्जा ७ प्रतिशतले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।