एलन मक्सले ट्वीटर किनेपछि डगकोइनको मूल्यमा ७०% वृद्धि

0
Shares

इलेक्ट्रोनिक कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) एलन मक्सले ट्वीटर किनेपछि क्रिप्टोकरेन्सी डगकोइनको मूल्यमा ७० प्रतिशतको वृद्धि भएको छ । विश्वको सबैभन्दा धनी व्यक्ति मक्सले अक्टोबर २७ मा ४४ बिलियनमा ट्वीटर किनेका छन् ।

मक्सले ट्वीटर किन्नुअघि गत हप्तासम्म १ डगकोइनको मूल्य ०.०६ अमेरिकी डलर बराबर रहेको थियो । आज एक डगकोइनको मूल्य ०.१४ डलर रहेको छ 

क्रिप्टोकरेन्सीहरुको मूल्य मक्सले गर्ने निर्णयहरुमा निहीत रहेको छ । क्रिप्टोकरेन्सीहरु मध्येका बिटकोइन र डगकोइनको मूल्य बढ्नुमा एलन मक्स कै सक्रियता देखिन्छ ।

गत वर्षदेखि एलन मक्सले बिटकोइन मार्फत भुक्तानी लिने र दिने प्रक्रिया सुरु गरेका थिए । विश्व अर्थतन्त्र संकट उन्मुख रहँदा बिटकोइन लगायतका क्रिप्टोकरेन्सीहरुको मूल्य पनि भारी मात्रामा खस्किएको छ ।

यसैबीचमा मक्सले हालै लन्च गरेको परफ्यूम डगकोइन मार्फत खरिद गर्न सकिने बताएपछि डगकोइनको मूल्य बढेको छ ।

यसैगरी क्रिप्टोकरेन्सी खरिद बिक्रीमा मध्यस्तकर्ताको काम गरिरहेको बाइनान्सले ब्लकचेन र क्रिप्टोलाई कसरी जोड्न सकिन्छ भनेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यसैगरी ट्वीटरले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीको अगुवाइमा ब्लकचेन प्रविधिलाई ट्वीटरमा कसरी प्रयोग गर्न समिन्छ भन्ने बारे अध्ययन गरिरहेको जनाएको छ ।

बिटकोइन जस्तै अर्को एक डिजिटल करेन्सीको रुपमा २०१३ मा डगकोइन बजारमा आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १२ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।