मल्टीपर्पस फाइनान्सको सेयर संरचना परिवर्तन हुँदै

0
Shares

मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक समुहको सेयर घटाउने भएको छ । फाइनान्स कम्पनीले संस्थापक समूहको ५१ प्रतिशत कायम राखी बाँकी सेयर सर्वसाधारण समूहमा परिणत गर्ने निर्णय गरेको हो ।

फाइनान्सका विद्यमान संस्थापक समूहका सेयरधनीले आफ्नो नाममा रहेको सेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहेमा सोको जानकारी ३५ दिनभित्र कम्पनीको कम्पनी सचिवको कार्यालयमा जानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।

फाइनान्सले संस्थापक समूहको ५१ प्रतिशत सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने भएको हो । हाल कम्पनीको शेयर संरचना ६०ः४० (संस्थापक समुहः सर्वसाधारण समुह) प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।