गुडविल फाइनान्सको नाफा यसकारण घट्यो ४६ प्रतिशत

0
Shares

गुडविल फाइनान्स लिमिटेड (GFCL) को खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ४६.०३ प्रतिशतले घटेको छ ।

फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ८४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड ११ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अघिल्लो आवको तुलनामा इम्पेरमेन्ट चार्ज बढेपछि गुडविलको नाफा प्रभावित बनेको हो । यस्तै समीक्षा अवधिमा फाइनान्सको कष्ट अफ फण्ड वृद्धि हुँदा खुद ब्याज ब्याज आम्दानी सामान्य मात्र वृद्धि भएको छ भने फि कमिसन तथा कुल सञ्चालन आय पनि घटेको छ । फाइनान्सको स्प्डदर खुम्चँदा पनि नाफामा असर पुगेको छ ।

वित्तीय विवरण अनुसार गत आवको पहिलो त्रैमासमा १ करोड ७३ लाख ८४ हजार रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज बढेर ४ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ५.०२ प्रतिशत बढेको भएपनि सञ्चालन नाफा भने ४४.३६ प्रतिशतले घटेको छ ।

असोजसम्म १५ करोड २ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी बढेको फाइनान्सको सञ्चालन नाफा ५ करोड ४६ लाख ६१ हजार रुपैयाँमा संक्चित बनेको छ ।

नाफासँगै फाइनान्सको प्रतिसेयर आम्दानी १३.८५ रुपैयाँ घटेर १६.२४ रुपैयाँ छ ।गत आवको सोही अवधिमा फाइनान्सको इपिएस ३२.८४ रुपैयाँ थियो । असोज मसान्तसम्ममा फाइनान्सको प्रतिसेयर नेटवर्थ १६७.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.४० गुणा छ ।

एक वर्षमा फाइनान्सको चुक्ता पुँजी ९.१० प्रतिशत र जगेडा कोष ३६.१७ प्रतिशत घटेको छ । समीक्षा अवधिमा अवधिमा फाइनान्सको निक्षेप र कर्जा क्रमशः ३.०४ प्रतिशत र २.३८ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख १५ हजार, जगेडा कोष ५२ करोड ३ लाख तथा रिटेर्न अर्निङ्ग ११ करोड ८९ लाख, निक्षेप संकलन ११ अर्ब २७ करोड ९८ लाख, कर्जा लगानी ८ अर्ब ८० करोड ८० लाख रुपैयाँ रहेको छ ।

असोज मसान्तसम्ममा फाइनान्सको कष्ट अफ फण्ड ३.३९ बिन्दुले बढेर १०.८३ प्रतिशत पुगेको छ भने आधारदर ३.०८ बिन्दुले बढेर १२.३९ प्रतिशत पुगेको छ । यस्तै खराब कर्जा अनुपात २.१५ प्रतिशत, सिडी रेसियो ८३.१५ प्रतिशत, र स्प्रेडदर ४.७३ प्रतिशत छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।