राष्ट्र उत्थानको खुद नाफा करिब ७० प्रतिशतले घट्यो

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म करिब ७० प्रतिशतले घटेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले असोज मसान्तसम्म ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा लघुवित्तले १ करोड २५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ करोड, जगेडा कोष १९ करोड ५९ लाख, निक्षेप संकलन ८५ करोड ६६ लाखरुपैयाँ, सापटी २ अर्ब ३५ करोड ४८ लाख रुपैयाँ, कर्जा लगानी ३ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटेर साढे ७ प्रतिशत बढीले घटेर ४ करोड ७३ लाख रुपैयाँमा संकुचित बनेको छ । लघुवित्तको सञ्चालन नाफा ६७.२५ प्रतिशत घटेर ५० लाख ९ हजार कायम भएको छ ।

नाफासँगै लघुवित्तका प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँ घटेर ५.८८ रुपैयाँ झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ, कष्ट अफ फण्ड ९.३६ प्रतिशत, खराब कर्जा १.४३ प्रतिशत, मूल्य आम्दानी अनुपात १६१.९० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ कार्तिक २०७९, बुधबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।