साहस उर्जाले पस्कियो निराशाजनक प्रगति

0
Shares

साहस उर्जा लिमिटेडले सेयरधनीलाई निराश बनाउने वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासको तुलनामा ५०.११ प्रतिशतले खुद नाफा घटेको अपरिष्कृत वित्तीय विवरण निकालेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २० करोड ४२ लाख ७१ हजार रुपैयाँ थियो ।

आयोजनाको सर्भिस कन्सेसन एग्रिमेन्ट अन्तर्गत हुने नाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँबाट घटेर ६७ करोड ५५ लाख १९ हजार रुपैयाँमा झरेको छ । जसका कारण कम्पनीको नाफा घटेको हो ।

कम्पनीले निमार्ण गरेको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको भएपनि अहिलेसम्म विद्युत उत्पादन भएको छैन । वित्तीय विवरणमा उल्लेख भएको अन्य आम्दानी एनएफआरएस प्रणाली अनुसार आईएफआरआईसी १२, सर्भिस कन्सेसन एरेन्जमेन्ट सिद्धान्त आकर्षिक भई उत्पन्न भएको हुँदा अवास्तविक रहेको कम्पनीले जनाएको छ ।

चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६०.७९ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा २ अर्ब १२ करोड २२ लाख ६७ हजार रुपैयाँ सञ्चित छ । गत आवको तुलनामा जगेडा कोष ३२ प्रतिशत बढेको हो ।

साहस उर्जाको सञ्चालन नाफा २० करोड ४२ लाख ७१ ह्जार रुपैयाँबाट घटेर १० करोड १८ लाख ९६ हजार रुपैयाँमा झरेको छ । कम्पनीको प्रशासनिक खर्च ८ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार  १३ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।