माउन्टेन इनर्जीको खुद नाफा साढे २७ करोड, इपिएस कति ?

0
Shares

माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमासमा २७ करोड ५७ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा २९ करोड ६ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा ५ प्रतिशतले घटेको हो । वित्तीय खर्च उच्च रुपमा बढेपछि कम्पनीको नाफा घटेको हो ।

चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ०.७५ रुपैयाँ घटेर १४.०१ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब २८ करोड ४६ लाख ५ हजार रुपैयाँ सञ्चित रहेकोमा प्रतिसेयर नेटवर्थ १६५.२७ रुपैयाँ कायम भएको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५४.३५ गुणा छ ।

असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ४७ करोड २३ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ विद्युत् बिक्री आम्दानी रहेकोमा २२ प्रतिशत बढेको हो ।

विद्युत बिक्री आय बढेपनि चालू आवको पहिलोत्रैमासमा कम्पनीको वित्तीय खर्च १ करोड ९० लाखबाट ५ करोड ७४ लाख रुपैयाँ बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यसले कम्पनीको नाफा घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ कार्तिक २०७९, सोमबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।