सानिमा ग्रोथ फन्डको इकाई खरिदका लागि आवेदन दिने कात्तिक ३० गते बिहीबार अन्तिम दिन रहेको छ ।
सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन तथा बिक्री खुला गरेको थियो । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो बन्दमुखी योजनामा आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन सकिनेछ ।
फन्डको इकाई खरिदका लागि मेरो सेयर मोबाइल एप, मेरो सेयर वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया