मन्दाकिनी हाइड्रोपावरको नाफा ६३ प्रतिशत घट्यो

0
Shares

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको खुद नाफा ६३.१० प्रतिशतले घटेको छ । विद्युत बिक्री आय घटेसँगै कम्पनीको खुद नाफा उच्च घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ७ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ७.३० रुपैयाँ र नेटवर्थ १०८.२० रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ सञ्चित छ ।

मन्दाकिनीले असोज मसान्तसम्म विद्युत बिक्रीबाट ३ करोड ४३ लाख १ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ११ करोड ३६ लाख ८७ हजार रुपैयाँ थियो । कम्पनीको अन्य आम्दानी भने १८ लाखबाट बढेर १ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।