पुँजी बजार सुरधारका लागि अनसन बसेका हरी ढकाल ८ हजार मतान्तर सहित चितवन १ मा विजयी


चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी ढकाल फराकिलो मतान्तर सहित विजयी भएका छन् ।

पुँजी बजार सुधारका लागि नेपाल स्टक एक्स्चेञ्ज परिसरमा आमरण अनसन बसेका ढकालले पुर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्षलाई पाखा लगाएका हुन् ।

पुर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई झण्डै ८ हजार मतले पछि पार्दै ढकालले विजय हासिल गरेका हुन् । ढकालले ३४ हजार १८९ मत ल्याएका छन् ।

ढकालका निकटतम प्रतिद्धन्दी पाण्डेले २६ हजार ६०८ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार एवं अर्थशास्त्री विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् । पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पद छोडेर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा हार व्यहोरेसँगै पौडेल खाली हात भएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।