प्रभु बैंकमा क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स विलय नहुने, प्रकृयामा पूर्णबिराम


प्रभु बैंकमा विलय हुने सम्झौता गरेको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले सम्झौताको १५ महिनापछि विलयमा नजाने निर्णय गरेको छ ।

फाइनान्स सञ्चालक समितिले विलयमा नजाने निर्णय गर्दै सोको जानकारी प्रभु बैंकलाई दिए पछि बैंकले पनि प्रकृयालाई अन्त्य गरेको हो ।

मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई विलय गर्ने गर्ने सम्बन्धमा अघि बढाइएका सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

क्यापिटल मर्चेन्टले एक्विजिसन सम्बन्धी सबै प्रक्रिया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्ज तथा एक्विजिसन समितिसमेत भंग गर्न अनुरोध गर्दै मंसिर १ गते प्रभु बैंकलाई पत्रचार गरेको थियो । फाइनान्सको पत्र आएसँगै बैंकले पनि पूर्ण रुपमा विलय प्रकृयालाई पूर्णबिराम लगाउने निर्णय गरेको हो ।

२०७८ भदौ १७ गते प्रभु बैंक र उक्त फाइनान्सका बिचमा विलय सम्झौता भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।