नेपाल हाइड्रो डेभलोपरले एक करोड ६० लाखकाे बोनस बाँड्ने

0
Shares

नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट सेयरधनीलाई एक करोड ६० लाख लाभांश बाँड्ने भएको छ ।

कम्पनीको मंसिर ११ गते आइतबार सम्पन्न ७५ औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । प्रस्तावित १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँ बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार ५०० रुपैयाँ पुग्नेछ ।

अघिल्लो आवको नाफाबाट कम्पनीले ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवबाट प्रस्तावित लाभांश २.१० प्रतिशत कम हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।