हिमालयन पावर पार्टनर २ करोड नोक्सानीमा

0
Shares

हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १ करोड ९० लाख ११ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको विद्युत बिक्रीबाट १ करोड ३४ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा कम्पनीको विद्युत उत्पादन सुरु नभएकाले विद्युत बिक्री आय तथा नोक्सानी उल्लेख गरेको थिएन । कम्पनीले २०७९ असोज १४ देखि ब्यापारित विद्युत उत्पादन थालेको हो ।

कम्पनीले २ करोड १ लाख रुपैयाँ ब्याज खर्च, एक करोड ८ लाख ह्रासकट्टी लगायतका शीर्षकमा खर्च बढ्दा कम्पनीको नोक्सानी चुलिएको हो ।
कम्पनीले लमजुङ्गमा निर्माण गरेको २७ मेगावाट क्षमताको दार्दीखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन थालेकाले आगममी दिनमा संस्थाको वित्तीय अवस्थामा सुधार हुँदै जाने देखिन्छ ।

चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको हिमालयन पावर पार्टनरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८ पैसा नोक्सानीमा छ । यस्तै कम्पनीको जगेडा कोष १ करोड ९० लाख ११ हजार रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर नेटवर्थ घटेर ९८.२२ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार  ०९ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।