अंग्रजी वर्ष सन् २०२२ को ११ महिनामा नेपालमा त्रिभुव अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै करिब साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा कुल ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका हुन्। नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । जसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक २० हजार ५३२ जना रहेका छन् ।
त्यस्तै अमेरिकाबाट ७ हजार ८३१, बेलायतबाट ५ हजार १६५, अष्ट्रेलियाबाट ३ हजार ३७५, बंगलादेशबाट २ हजार २१८, क्यानडाबाट १ हजार १८४ र चीनबाट १ हजार ३८ जना पर्यटक भित्रिएका छन् ।
अक्टोबर महिनामा वर्षकै सबैभन्दा धेरै ८८ हजार ५८२ जना धेरै पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ ।
बोर्डका अनुसार यस्तो छ महिनागत आधारमा नेपाल भित्रिएका पर्यटक विवरण
| महिना | पर्यटक संख्या |
| नोभेम्बर | ७२ हजार ६५३ जना |
| अक्टोबर | ८८ हजार ५८२ जना |
| सेप्टेम्बर | ५८ हजार ३१४ जना |
| अगस्ट | ४१ हजार ३०४ जना |
| जुलाई | ४४ हजार ४६२ जना |
| जुन | ४६ हजार ९५७ जना |
| मई | ५३ हजार ६०८ जना |
| अप्रिल | ६१ हजार ५८९ जना |
| मार्च | ४२ हजार ६ जना |
| फेब्रुअरी | १९ हजार ७६६ जना |
| जनवरी | १६ हजार ९७५ जना |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।





प्रतिक्रिया