बरुण हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेमा कम्पनीको एक सय रुपैयाँ अंकित दरमा जारी भएको १ः१ अनुपातको कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद मंसिर १८ गते आइतबार सूचीकृत भएको हो । सो हकप्रद असोज २६ गते बाँडफाँड भएको थियो । कम्पनीको हकप्रद सेयर सूचीकृतसँगै सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।
बरुण हाइड्रोपावरले गत भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म १ कित्ता सेयर बराबर नयाँ १ कित्ता हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको थियो ।
हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाएका थिए ।
चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको कम्पनीको हकप्रद निष्काशनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुगेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया