लगातार पाँच दिन बढेको सुन चाँदीको भाउ छैटौं दिनमा घट्यो

0
Shares

नेपाली बजारमा मंसिर २० गते मंगलबार सुन चाँदी दुबैको भाउ घटेको छ ।

यसअघि लगातार पाँच कारोबार दिनसम्म निरन्तर बढेको सुन चाँदीको भाउ छैटौं कारोबार दिनमा आएर मात्र घटेको हो । यसबीचमा पाँच दिनमा सुन तोलामा २ हजार ५०० रुपैयाँ तथा चाँदीको भाउ प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ६०० रुपैयाँ तथा चाँदी ३५ रुपैयाँले सस्तिएको हो ।

मंगलबार छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रूपैयाँमा झरेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार ८०० रूपैयाँमा झरेर कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९९ हजार ४०० रूपैयाँमा भएको थियो ।

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १५ रूपैयाँले बढेर १ हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७७१ डलर तथा चाँदी प्रतिऔंस २२.३५ डलरमा कारोबार भइरहेको छ ।

नेपालमा खपत हुने सबै सुन पुर्ण रुपमा आयातमा निर्भर रहेको छ । विवाहको सिजनका कारण मात्र नभई अन्तर्राष्ट्रिय बजारमा नै सुनको माग बढ्दा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि पर्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।