एनआईसी एशिया क्यापिटलको ९९९ मा आजीवन वैदेशिक रोजगार डिम्याट खाता


एनआईसी एशिया क्यापिटलले वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै आजीवन डिम्याट खाता सेवा सुरु गरेको छ ।

कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्थालाई ध्यानमा राख्दै यस्तो योजना सुरु गरेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार ९९९ रुपैयाँ शुल्क एक पटक तिरेर विदेशमा रोजगारीमा गएकाहरुले आजिवन डिम्याट खाता खोल्न सक्छन् ।

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त गराउन “पे वान टाइम, फर्गट फर लाइफ टाइम” भन्ने नाराका साथ योजना सुरु गरेको म्यापिटलले जनाएको छ ।

“एन आई सी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता” योजनामा सहभागि हुनेहरु र हाल साधारण खाता सञ्चालन गरेका र वैदेशिक रोजगारी खाता सञ्चालन गर्न चाहनेहरुले एक पटक ९९९ रुपैयाँ भुत्तःान गरेपछि लाइफटाइमसम्म फेरी नबीकरण गर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजना अन्तर्गत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेबसाइट एनआईसी एशिया क्यापिटल डटकममा जानुपर्नेछ । माग गरिएका विबरण र कागजपत्र उपलब्ध गराएपछि डिम्याट खाता तत्काल खोलिने क्यापिटलले जनाएको छ ।

लाइफ टाइम डिम्याट खाता खोल्न तथा नविकरण गर्न एनआई एशिया बैंकको थापाथली शाखामा रहेको “एनआईशी एशिया क्यापिटल लिमिटेड लाइफ टाइम डिम्याट” नामको ०५४४४५४४५१०२५६४३ मा वा विभिन्न भुक्तानी सेवाप्रदायकबाट ९९९ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

कुनै समस्या भएमा सेवाग्राहीले क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा कार्यालय समय भित्र तथा ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १९ : ३२ बजे