मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत आम जनसमुदायलाई समेटी उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियान सुरु गरेको छ ।
गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा भन्ने अभियान अन्तर्गत गाउँ-गाउँ सहकारी,घरघर रोजगारी लाई मुलमन्त्र बनाई यो अभियान सुरु गरिएको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा स्याङ्गजा,कास्की,तनहुँलाई केन्द्रविन्दु बनाई कार्य थालनी गरेको हो ।
बैंकले हालै मात्र स्याङ्गजाको हरिनाश गाउँपालिकामा दग्दी मुक्तिनाथ बहुद्देश्यीय कृषि सहकारी संस्था लि., कास्कीको माछापुच्छ्रे गाउँपालिकामा माछापुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि. र तनहुँको भानु नगरपालिकामा मिर्लुङ्गकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरि स्थानिय स्तरमा सहकारी दर्ता प्रकृया अघि बढाएको छ।
सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानिय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसंग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादक देखि उपभोक्ता सम्मको मुल्य श्रृखला निर्धारण गर्ने काम हुनेछ । सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ ।

कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम,प्रशिक्षण,विउविजन,विषादी लगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ । साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्ता सम्म पु¥याउने कामको जिम्मा लिनेछ ।
यस किसिमको कार्य नेपालमै पहिलो पटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा हुन गईरहेको हुँदा यसले भविष्यमा कृषि पेशा सम्मानित पेशाको रुपमा विकसित भई हरेक घरघरमा रोजगारी श्रृजना हुने र यस पेशामा शिक्षित युवाहरुको समेत अकर्षण बढ्ने हुँदा विदेशिने युवाको संख्यामा कमी आउनुको साथै भविष्यमा आर्थतन्त्रमा नै यसले ठुलो योगदान पु¥याउने कुरामा आफु ढुक्क रहेको मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष ढकालले बताए।
भेलामा उपस्थित सम्पुर्ण स्थानिय जनप्रतिनिधि तथा स्थानिय ब्यक्तिहरुबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखि ल्याईएको यस कामको उच्च प्रंशशा गर्दै यसलाई सफल बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता पेश भएको थियो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया