सुन चाँदीको बुधबार कति छ बजार भाउ ?

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ ९९ हजार ३०० रूपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै महासंघले आज चाँदीको मूल्य १ हजार ३५० रूपैयाँ छ । महासंघका अनुसार बुधबार सुन चाँदी दुबैको भाउ अघिल्लो दिनको तुलनामा स्थीर रहेको छ ।

हिजो मंसिर २० गते मंगलबार छापावाला सुन तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रूपैयाँमा झरेको थियो । यस्तै तेजावी सुन पनि प्रतितोला ६०० रुपैयाँले घटेर ९८ हजार ८०० रूपैयाँमा झरेर कारोबार भएको थियो ।

यस्तै हिजो मंगलबार चाँदीको भाउ तोलामा ३५ रूपैयाँले घटेर १ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो । यसअघि लगातार पाँच कारोबार दिनसम्म बढ्दा सुन २ हजार ५०० रुपैयाँ तथा चाँदी १०० रुपैयाँले वृद्धि भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७७३ डलर तथा चाँदी प्रतिऔंस २२.३० डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार  ११ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।