नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्विकृति प्रदान गरेको छ ।
सनराइज फोकस्ड इक्विटी फण्ड सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने योजना हो ।
यो योजनाको आकार प्रति इकाई मुल्य १० रुपैयाँको १२ करोड इकाई गरि जम्मा १ अर्ब २० करोडकोे रहेको छ । यो एक बन्दमूखी सामूहिक लगानी कोष योजना हो ।
सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फस्र्ट म्युचुअल फण्ड तथा सनराइज ब्लूचिप फण्ड गरि दुईवटा बन्दमूखी सामूहिक लगानी कोष योजनाहरु सञ्चालन गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया