मुद्दती निक्षेपमा लगानी गर्न वाणिज्य बैंक खोज्दै धितोपत्र बोर्ड, प्रस्ताव आह्वान

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप खातामा लगानी गर्ने भएको छ ।
सेबोनमा रहेको लगानीयोग्य रकम लगानी गर्ने उदेश्यका साथ वाणिज्य बैंकहरुबाट प्रस्ताव पेस गर्न आह्वान गरिएको छ ।

बैंकहरुलाई आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित आजको ५ दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी प्रस्ताव पेस गर्न सेबोनले सूचना जारी गरेको छ । वाणिज्य बैंकबाट प्राप्त सिलबन्दी प्रस्तावहरु सेबोनले प्रस्ताव पेस गर्ने अन्तिम दिन अपराह्न ४ः१५ बजे सेबोनको खुमलटारस्थित कार्यालयमा खोलिने जनाइएको छ ।

सेबोनले धितोपत्र बोर्ड लगानी सम्बन्धी नीत २०६७ बमोजिम लगानी गर्न लागिएको जनाउँदै लगानीसम्बन्धी अन्तिम निर्णय बोर्डमा रहने उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।