सनराइज बैंकले लाभांश वितरण नगर्ने

0
Shares

सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले बैंकको गत आर्थिक वर्षको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायतका वित्तीय विवरण तथा अनुसूचीहरु राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय भने गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।