एयर इन्डियाले एयरबस र बोइङका ५०० भन्दा बढी हवाइजहाजहरु अर्डर गर्ने भएको छ । टाटा ग्रुपको भिस्तारा एयरलाइन्ससँगको मर्जर प्रक्रिया अगाडि बढ्दै गर्दा एयर इन्डियाले सो अर्डर गर्ने भएको हो ।
एयर इन्डियाले ४०० न्यारो बढी जहाज र १०० भन्दा धेरै वाइड बढी जहाजको अर्डर गरेको हो । कम्पनीले एयरबस ए३५० र बोइङ ७८७ र ७७७का हवाइजहाजहरु अर्डर गर्ने भएको हो । यो अर्डर भारतीय हवाइ इतिहासको सबैभन्दा ठूलो अर्डर हो ।
यस अर्डरका लागि एयर इन्डियाले १०० अर्ब डलर खर्चनु पर्ने छ । यो अर्डरले हवाइ इतिहासमा सबैभन्दा धेरै एयरबस र बोइङको जहाज अर्डर गर्ने अमेरिकन इयरलाइन्सले गरेको अर्डरलाई पछि पार्ने छ । एक दशक अघि अमेरिकन एयरलाइन्सले ४६० हवाइजहाजहरुको अर्डर गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया