बैंक तथा वित्तीय संस्थाको निक्षेपको आकार ५२ खर्बभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
गत मंसिर २३ गते शुक्रबारसम्म बैंकहरुको निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । मंसिर २२ गतेको तुलनामा ६ अर्बले निक्षेप थपिएको हो। २२ गते विहीबारसम्म ५२ खर्ब १४ अर्ब निक्षेप रहेको थियो ।
बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४५ खर्ब ९८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ६ खर्ब २१ अर्ब छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन । वाणिज्य बैंकहरुले ४२ खर्ब १५ अर्ब कर्जा परिचालन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन । 
बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८६।३२ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले एक–आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत आइतबार ७.०८ प्रतिशतमा झरेको छ । बैंकहरूले राष्ट्र बैंकबाट पाँच दिनका लागि प्राप्त गर्ने स्थायी तरलता सुविधाको ब्याजदर पनि ८.५ प्रतिशत तोकिएको छ ।
आइतबार २९ बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ८ करोड रुपैयाँ मात्र एसएलएफ लिएका छन् । मंसिर २५ गतेसम्म बैंकहरुले २६ खर्ब ७७ अर्ब ६२ करोड रुपैयाँ यस्तो सुविधा उपयोग गरेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया