प्रादेशिक संरचना अनुसार सुन वितरणको ब्यवस्था मिलाउन आग्रह

0
Shares

नेपाल सुनचाँदी ब्यवसायी महासंघले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको ब्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा सोमबार गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रसँग भेटगरी संघीय सरचना अनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।

हालसम्म पुरानै संरचना अनुरुप अञ्चलगत रुपमा बनेको कार्यविधि अनुसार सुन वितरण हुँदै आएको र विद्यमान अवस्थामा सो विधि ब्यवहारिक हुन नसकेको भन्दै महासंघले यथाशीघ्र प्रादेशिकरुपमा सुन बाँडफाँडको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्यसक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले महासंघले राखेको मागलाई आफूले गम्भिर रुपमा लिएको र यस विषयमा सम्बन्धित निकायमा परामर्श गरी आवश्यक निर्णय लिइने बताए ।

त्यसक्रममा उनले एउटा बैंकको खातावाट सबै बैंक मार्फत कारोबार हुने सक्ने ब्यवस्था मिलाउन र कार्यविधिमा तोकिएका नाकाहरुवाट सहजरुपमा सुन उपलब्ध हुने ब्यवस्था मिलाउन ब्यवसायीले गरेको आग्रह अनुरुप त्यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने आश्वासन दिए ।

भेटका क्रममा ब्यवसायीहरुले सुनको कोटा कम हुँदा देशभरका सुनचाँदी ब्यवसायी मर्कामा परेको उल्लेख गर्दै आपूर्ति प्रणालिमा सुधार गर्न समेत आग्रह गरे । त्यस अवसरमा महासंघका अध्यक्ष शाक्यले ब्यवसायीले सुन खरिद गर्दा प्रत्येक बैंकमा खाता खोल्नुपर्ने बाध्यात्मक र असहज अवस्था रहेको बताए ।

यस्तै उनले देशका विभिन्न नौ नाकाहरुवाट सुन उपलब्ध गराउनु पर्ने ब्यवस्था कार्यविधिमा रहेको भए पनि बैंकहरुले त्यस अनुसार काम नगरेकोले ब्यवसायीलाई सुन दिन काठमाडौंमा नै धाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे ।

पछिल्लो समयमा दैनिक १० किलोकादरले सुनको अयात हुँदै आएको छ । जुन बजारको मागको तुलनामा अत्यन्तै कम भएको ब्यवसायीको गुनासो छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।