कालिञ्चोक दर्शनले मंसिर १४ गते बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरेको आईपीओमा ४ हजार ७३७ सय जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २६ गते सोमबार साँझ सवा ४ बजेसम्ममा ४ हजार ७३७ जना आवेदकबाट मार्फत कुल ८ करोड ८० लाख ९१ हजार रुपैयाँ बराबरको ८ लाख ८० हजार ९१० कित्ता सेयर माग भएको छ । जुन माग गरिएको सेयर संख्याको ८.१६ गुणा बढी हो ।
पछिल्लो २४ घण्टा अवधिमा मात्रै वैदेशिक रोजगारीमा रहेका ८०८ जनाले ८१ लख ५६ हजार रुपैयाँको सेयर माग भएको हो । सोमबारसम्म परेको आवेदक र कित्ताका हिसाबले हेर्दा प्रतिआवेदक औसतमा १८५.९६ कित्ता माग भएको देखिन्छ ।
यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले पर्सी मंसिर २८ गते बुधबारसम्म भर्न सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आवेदन खुला गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया