सुनको मूल्य २०० रुपैयाँले घटेर प्रतितोला एक लाख कायम

0
Shares

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर एक लाख रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य आज प्रति तोला १ लाख रुपैयाँ र तेजावी सुनको मूल्य ९९ हजार ५०० रुपैयाँ निर्धारण गरेको हो ।

सुनको भाउमा सामान्य गिरावट आएता पनि चाँदीको मूल्य भने स्थीर रहेको छ । सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७८२ डलर र चाँदी प्रतिऔंस २३.४१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७९, मंगलबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।