नेपाल बंगलादेश क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड एक आपसमा गाभिई पौष १ गते शुक्रबार देखि एकिकृत कारोवार शुभारम्भ गरेका छन् ।
गत मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धि एजेन्डा पारित गरेका थिए ।
बिशेष साधारण सभाबाट अनुमोदित निर्णय सहित दुवै संस्थाबाट एकिकृत कारोवारका लागि कम्पनी रजिष्ट्रारको कार्यलय निवेदन पेश गरिएको र कम्पनी रजिष्ट्रारबाट एकिकृत कारोवारको लागि स्विकृति प्राप्त भए पश्चात् एकिकृत कारोवार आरम्भ गरेका हुन ।
धितोपत्र व्यबसायी (मर्चेन्ट बैँकर) नियमवाली २०६४ को नियम बमोजिम सहायक कम्पनी स्थापना गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका बैंक वा वित्तीय संस्था एक आपसमा गाभिएमा वा कुनै एकले प्राप्त (मर्जर/एक्विजिसन) गरेमा एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गर्नु पर्ने व्यवस्था रहेको छ । नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा गाभिएपछि मर्चेन्ट बैंकिङ्ग व्यवसाय सञ्चालन गरिरहेका सहायक कम्पनी पनि गाभिएका हुन।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया