नेपाल फाइनान्सले ११ लाख १६ हजार कित्ता सेयर लिलामी गर्दै

0
Shares

नेपाल फाइनान्सले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

फाइनान्स कम्पनीले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक मूल्यमा संस्थापक समूहको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

इच्छुक लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० अंकले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ ।

लिलामी सेयरमा बोलपत्र पेश गर्ने अन्तिम म्याद माघ ४ गतेसम्म रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रभु क्यापिटलको कार्यालय कमलादी, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, बनेपा, माचापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरु मार्फत बोलपत्र भर्न सकिन्छ ।

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म सेयरधनीहरुका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा राखेको थियो। त्यस अवधिमा बिक्री हुन नसकेको हकप्रद सेयर कम्पनीले फेरि लिलामीमा राख्ने भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार  १९ : ११ बजे