सोल्टी होटल लिमिटेडको २६.३१५ प्रतिशत लाभांश पाउन पुस ६ गते बुधबारसम्म सेयरधनी बन्नुपर्ने देखिएको छ ।
होटलले पुस २८ गते आह्वान गरेको वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस बिहीबार ७ गते बुकक्लोज मिति तोकिएको छ । यसअनुसार पुस ६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
होटलले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ ।
हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ । ४ करोड २१ लाख २८ हजार ९८६ रुपैयाँ बोनस वितरणपछि होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख ८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।
कोभिड महामारी फैलिएका कारण पर्यटकहरुको आवागमनमा कमी आउँदा अघिल्लो दुई आव २०७७।७८ तथा २०७६/७७ बाट होटलले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्न सकेको थिएन । आव २०७५/७६ बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया