गुहेश्वरी मर्चेन्टले कति प्रस्ताव गर्‍यो लाभांश ?

0
Shares

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई ७।३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फाइनान्सको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयर लगानीकर्ताहरुलाई लाभांश वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १० : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।