नेपाल टेलिकम लाभांश प्रस्तावसँगै डाक्यो साधारण सभा

0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको पुस ६ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई प्रति सेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गर्दै सो लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते पन्ध्रौं वार्षिक साधारण सभा समेत डाकेको छ ।

कम्पनीले पुस २८ गते राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे पन्ध्रौं वार्षिक साधारण सभा डाकेको हो । 

सो सभाले कम्पनीको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाबलगायतमा पनि छलफल, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते सोमबारदेखि २७ गते बुधबारसम्म बुकक्लोज गर्ने भएको छ। बुकक्लोज अनुसार पुस १७ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।